काठमाडौं, २० साउन । नेपालले ओमान र अमेरिकासँग हुने ट्राई सिरिजमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणका लागि खेलाडी चयन गरेको छ । आज नेपाल क्रिकेट संघले १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि चयन गरेको हो ।
२० खेलाडी छानेकोमा पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका बन्द प्रशिक्षणमा सहभागी नरहने भएका छन् ।
आज छनोट भएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, गुलसन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरि, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, विक्रम सोव, पवन सर्राफ र रोहिन कुमार पौडेल छन् ।-फाइल तस्बिर





प्रतिक्रिया