Logo

१४ पूर्वआइजीपीहरुले गरे पुलिस एकेडेमी सार्ने निर्णय खारेजको माग



काठमाडौं, २० साउन । नेपाल प्रहरीका १४ जना पूर्वआइजीपीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकसाथ भेटेका छन् । आज देउवालाई भेटेर महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने अघिल्लो सरकारको निर्णय खारेज गर्न ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले पुलिस एकेडेमी हटाउन गरेको निर्णय अदूरदर्शी, अव्यवहारिक र अवैज्ञानिक रहेको समेत पूर्वआइजीपीहरुले ज्ञापनपत्रमा भनेका छन् । १३० रोपनी ३ आना जग्गा रहेको एकेडेमीलाई काभ्रेको पनौतीमा सार्ने निर्णय ओली सरकारले २१ भदौ २०७५ मा गरेको थियो । यो कदमको निकै आलोचना भएको थियो ।

ओली सरकार ढलेपछि पूर्वआइजीपीहरुले ज्ञापन पत्र नै लिएर बुझाउनुलाई अर्थपूर्ण मानिएको छ । उनीहरुको मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक भएको बुझिएको छ ।

ज्ञापनपत्र बुझाउन पूर्वआइजीपीहरु मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, ठाकुरप्रसाद ज्ञवालीलगायत पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्