Logo

जनताको मन जित्दै गृहमन्त्री बालकृष्ण खाँण, देशको शान्ति–सुरक्षा सुदृढ हुँदै



काठमाडौं, २० साउन । छोटो समयमा नै गृहमन्त्री बालकृष्ण खाँण गृह मन्त्रालयका कर्मचारीहरुको मन जितेका छन् । मन्त्री भएर गृहमन्त्रालय पुगेको छोटो समयमा नै खाँणले राम्रो छाप छोडेको चर्चा यतिबेला मन्त्रालयमा चल्न थालेको छ । निडर र हक्की स्वभावका खाँणले देशमा शान्ति–सुरक्षा, अमनचयन कायम गर्ने कुरामा कुनै सम्झौता नगर्न मातहतका निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । देश यतिवेला कोरोना महामारीको चपेटमा छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । नागरिकको सुरक्षालाई ध्यानमा राखेर मन्त्री खाँणले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गराउनको लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । त्यस्तै, कोरोनाविरुद्धको खोपपनि व्यवस्थित् तवरले लगाउने वातावरण बनाएका छन् ।

यसअघि रक्षामन्त्री भैसकेका र अनुभवले खारिएका खाँण गृहमन्त्री भएर आएपछि मुलुकको शान्ति–सुरक्षामा समेत सुधार आएको सुरक्षासम्बन्धी जानकारहरुको दाबी छ । अहिले उनी दैनिक रुपमा विभिन्न जिल्लाका सिडिओहरु, जिल्लाका प्रहरी प्रमुखहरुसँग सम्पर्कमा छन् । खासगरी भारतसँग सिमा नाका जोडिएका जिल्लाका सिडिओ र प्रहरी प्रमुखहरुसँग उनले फोनमार्फत नै ब्रिफिङ लिएका छन् ।

उनी विहान साँढे चार बजेदेखि राति १२ बजेसम्म सक्रिय हुने गरेका छन् । सुरक्षा निकायका प्रमुखसँगको छलफलमा उनले शान्तिसुरक्षा कायम गर्ने कुरामा कुनै सम्झौता नगर्न निर्देशन दिने गरेका छन् । जनतालाई सुरक्षित राख्ने भन्ने उनको पहिलो प्राथमिकता छ । त्यस्तै, सरकारको सेवा प्रवाह पनि प्रभावशाली बनानेगरि उनले निर्देशन दिएका छन् ।

गृहमन्त्रालयका एक अधिकारीले भने,‘हामीले धेरै गृहमन्त्री देख्यौं, तर, उहाँजस्तो सक्रिय र जनताको भावना बुझेर काम गर्ने देखेका थिएनौं । उहाँ साँच्चै जनताको सरोकारको विषयमा गम्भीर हुनुहुन्छ । हिजोमात्रै २० जना सिडिओ साहेबहरुसँग कुरा गर्नुभयो । र, ती जिल्लाको सुरक्षा अवस्थालगायत समस्याको बारेमा ब्रिफिङ लिनुभएको छ ।’ खाँणको काम गर्ने शैलीबाट प्रभावित भएर नै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई गृहमन्त्रालयको नेतृत्वमा ल्याएको कांग्रेसका नेताहरु बताउँछन् ।
कांग्रेसका एक नेताले भने,‘प्रधानमन्त्रीज्यूसँग उहाँको ट्युनिङ मिल्छ , उहाँ प्रधानमन्त्रीप्रति उत्तरदायी पनि हुनुहुन्छ । पार्टी सभापतिजीको विश्वासिलो नेताको रुपमा उहाँ चिनिनुहुन्छ । अहिले छोटो समयमा नै उहाँले प्रधानमन्त्रीपनि मन जित्नुभएको छ ।’ आफूकहाँ गुनासो र समस्या लिएर आउनेजत्तिको समस्या समाधानको लागि खाँणले कुनै कसर बाँकी राखेका छैनन् ।

मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको कुरा सार्वजनिक कार्यक्रममै सम्बोधन गर्ने गरेका छन् । हिजोमात्रै पनि प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यो कुरा दोहोर्याएका छन् । खाँणले नागरिकको जीवनरक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिँदै आएका छन् ।

कोरोना महामारी, बाढि÷पहिरोलगायतका प्राकृतिक प्रकोपजस्ता समस्यासँग मुलुक जुधिरहेको छ । यस्तो अवस्थामा मन्त्री खाँणले बाढीपहिरो प्रभावितहरुको लागि पनि विशेष राहतको व्यवस्थादेखि उनीहरुलाई उचित ठाउँमा स्थानान्तरणको बन्दोबस्द गर्न मातहतकानिकायका प्रमुखलाई निर्देशन दिएका छन् । तुइन हटाएर झोलुंगे पुल निर्माण कार्यलाई तीव्रता दिईने पनि उनले बताउने गरेका छन् ।

हालै दार्चुलामा महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको विषयमा पनि खाँणले सरकारको तर्फबाट आफ्नो धारणा अघि सारेका छन् । उनले हिजोमात्रै संसद्मा उभिएर उक्त घट्नाको विषयमा छानबिन समितिको प्रतिवेदन आएपछि उपयुक्त कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

खाँणले समितिको प्रतिवेदन जे आउँछ त्यसमा उल्लेख सुझाव कार्यान्वयन गरिने विश्वास दिलाएका थिए । संसद् बैठकमा मन्त्री खाँणले भनेका थिए,‘नागरिकको जीवन रक्षा गर्नु राज्यको मूल दायित्व हो। यसमा हामी गम्भीर छौँ । घट्नास्थलमै पुगेर आम नागरिकलाई भेटेर छानबिन समितिले प्रतिवेदन बुझाउने छ। त्यसले सत्यलाई प्रतिविम्बत गर्नेछ। सरकारले त्यसको लागि पूर्ण अडान लिनेछ र जुनसुकै कदम चाल्न पनि प्रतिबद्ध छ।’ File Photo



प्रतिक्रिया दिनुहोस्