Logo

मौद्रिक नीतिको तयारी भइरहेको छ, सहुलियतलाई निरन्तरता दिन्छौँ : गभर्नर अधिकारी



साउन २०, काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाबाट प्रभावित प्रभावित क्षेत्र तथा व्यवसायलाई दिइएको सहुलियतलाई निरन्तरता दिने बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले कोरोनाको अर्को लहर सुरु भए थप समस्या हुने भन्दै सहुलियतलाई निरन्तरता दिने बताएका हुन् । उनले आगामी मौद्रिक नीतिको तयारीमा रहेको भन्दै सरकारले सहुलियत दरमा ऋण दिने कामलाई नै प्राथमिकता दिने स्पष्ट पारे ।

अधिकारीले बढ्दो व्यापार घाटालाई चिन्ताको बिषय भएको भन्दै केही वस्तु आयातमा नियन्त्रण आवश्यक रहेको धारणा पनि राखे । व्यापार घाटालाई विप्रेषणबाट भरथेग गर्न नसके विदेशी मुद्राको सञ्चितिमा चुनौती थपिने उनको भनाई छ । त्यस्तै उनले बजेटमा राखेका कार्यक्रम कार्यान्वयन भए नभएको र प्रभावकारिता रहे नरहेको बारे समन्वय र सहयोग गर्न सरकार चुक्ने गरेको आरोप लगाए । सरकारले योजना बनाएर पनि थप साथ नदिएकाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर लिइने कर्जा योजनाले सोचेजस्तो सफलता प्राप्त गर्न नसकेको उनले बताए ।

त्यस्तै गभर्नर अधिकारीले लघुवित्तले १५ प्रतिशत भन्दा ब्याज लिन नपाउने व्यवस्था गरेको भएपनि नाफा अस्वभाविक देखिएको बताए । बैठकमा समिति सदस्यहरुले साना तथा मझौला व्यवसायीलाई सहुलियत दिनुपर्ने, कोरोनाले प्रभाव पारेका क्षेत्रलाई पुर्नउत्थान गर्नुपर्ने लगाएतका धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्