Logo

अष्टलक्ष्मीको दाबी : एमाले फुट्दैन, अब जुट्छ (भिडिओसहित)



काठमाडौं, २० साउन । नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी एकताबद्ध भएर अघि बढ्ने बताएकी छिन् । उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पनि सहमति हुने दाबी गरेकी छिन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले अहिले सुनिएको आरोप प्रत्यारोप त क्षणिक कुरा भएको टिप्पणी गरिन् । उनले भनिन्, नेकपा एमाले अत्यन्तै दुःख गरेर बनाएको पार्टी हो । त्यसमा माधव कमरेडको दुःख छ । केपी कमरेडको पनि त्यत्तिकै दुःख छ । जनताको बीचमा बसेर, अनेकौं जेलनेल खाएर बनाएको पार्टी हो । उनले एमालेलाई जनताले धेरै माया गरेर जनताले विश्वास गरेर मत दिएको र सरकारमा पठाएको स्मरण गराईन् ।

उनले प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले पार्टीमा कुनै सरसल्लाह नगरी सरकार चलाएको गुनासो पोखिन् । उनले एमाले कुनैपनि हालतमा नफुट्ने बरु जुटेर अघि बढ्ने दाबी गरिन् । एमाले जुट्नु नै आजको आवश्यकत्ता भएको उनको भनाई छ । उनले माधव नेपालले नै एमालेको जग हालेको र यो पार्टी निर्माणको लागि धेरै दुःख गरेको नेता भएकोले पार्टी एकताकै पक्षमा रहेको पनि विश्वास दिलाईन् ।



प्रतिक्रिया दिनुहोस्