Logo

टोकियो ओलम्पिकः १३औं दिन २७ स्वर्णको छिनोफानो



एजेन्सी, २१ साउन । टोकियो ओलम्पिकको १३औं दिन २७ स्वर्णको छिनोफानो हुँदैछ । आज एथलेटिक्स, बक्सिङ, केनोइ स्प्रिन्ट, साइक्लिङ, डाइभिङ, पुरुष हक्की, म्याराथुन स्विमिङ, टेबल टेनिस, कुस्तीतर्फका फाइनल खेलहरु तय छन् ।

ओलम्पिकमा पदक तालिकामा अहिलेसम्म ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २७ स्वर्णका साथ दोस्रो र जापान २१ स्वर्णका साथ तेस्रो स्थानमा छ ।

आज विहान पुरुष ११० मिटर बाधा दौडमा जमैका का पार्चमेन्टले स्वर्ण जितेका छन् । अमेरिकाका क्रुजरले पुरुष सटपुटको स्वर्ण जितेका छन् ।

पोर्चुगलका पिचार्डोले पुरुष ट्रिपल जम्पको स्वर्ण जितेको छ । भारतले पुरुष हक्कीको काँस्य जितेको छ ।

 



प्रतिक्रिया दिनुहोस्