Logo

दाहालको भ्याकेट निवेदनमाथि आज सुनुवाई हुँदै



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध भ्याकेटमा गएका छन् । यसअघि माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु फागुन २३ गतेको फैसलापछि एमालेमा सक्रिय भएका थिए ।

माओवादी पार्टीको निर्देशनपछि उनीहरुलाई निर्वाचन आयोगले पदमुक्त गरेको थियो । तर, ती जनप्रतिनिधिहरु पूनर्वहाली गरियोस भन्दै सर्वोच्च अदालत गएका थिए । र, उनीहरु सर्वोच्च अदालतको अन्तरिम आदेशमार्फत पुनर्वहाली भएका थिए ।

अध्यक्ष दाहाल भने अन्तरिम आदेश खारेजीको माग लिएर अदालत गएका थिए । उक्त निवेदनमाथि आज न्यायाधीश डा. आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासमा सुनुवाइका हुँदैछ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot