Logo

प्रधानमन्त्री देउवाले भूमि आयोग किन खारेज गरे ? गगन थापाले सुनाए कारण



काठमाडौं, २१ साउन । सरकारले भूमि आयोग खारेज गरेलगत्तै अहिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आक्रोशित बनेको छ । सरकारले सुकुम्बासीको सपनामाथि कुठराघात गरेको एमाले नेताहरुको आरोप छ । तर, सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरुले भने यसअघिको एमाले सरकारले भूमि आयोग पार्टी कार्यकर्ता भर्ती गरेर बनाएकोले वर्तमान सरकारले खारेज गरेको स्पष्टीकरण दिएका छन् ।

युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले पनि आयोगलाई कार्यकर्ता भर्ती केन्द्र बनाईएकोले खारेज गरिएको दाबी गरेका हुन् । पार्टीको कार्यक्रमका लागि हिजो चितवन पुग्ने क्रममा उनले यस्तो बताएका थिए । उनले भने,‘सुकुम्बासी आयोग भंग भयो। यो आयोग भंग गरेको भनेको यहाँको सुकुम्बासीलाई जग्गा दिने काम बन्द भयो भनेको होइन, पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरेको हो।’

थापाले तर आफ्नो पार्टीको सरकारले जति सुकुम्बासीलाई जग्गा दिन भनेर पहिचान भएको छ उनीहरूलाई अबको १२ देखि १५ महिना भित्रमा उनीहरूलाई जग्गा प्राप्तिबारे सरकारले आजभोलि नै निर्णय गर्ने दाबी गरे । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot