Logo

विमला वलीको पत्रकार सम्मेलन : मलाई मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिई दबाब दिएर राखियो, विज्ञप्तीमा जबरजस्ती हस्ताक्षर गराईयो (विज्ञप्तीसहित)



काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री कार्यालयमा साउन १६, १७ र १८ गतेसम्म बाहिर निस्कन नदिईकन दबाब दिएर राखिएको स्पष्ट पारेकी छिन् । हालै माओवादी केन्द्रमा खुलेकी वलीले आफूलाई जबरजस्ती एक विज्ञप्तीमा हस्ताक्षरसमेत गर्न लगाईएको खुलाएकी छिन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूले माओवादी केन्द्रमा रहेको भनेर यसअघि नै पत्रकार सम्मेलन गरिसकेपछि एमाले संसदीय दलका नेताहरुले एमालेमा आउनको लागि दबाब दिएको पनि खुलासा गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्