Logo

नेपाल भूमिहिन सुकुम्वासी संगठनले घोषणा गर्यो आन्दोलनका कार्यक्रम (विज्ञप्तीसहित)



काठमाडौं, २१ साउन । नेकपा (एमाले) निकट संघ नेपाल भूमिहिन सुकुम्वासी संगठनले भूमि आयोग खारेजीको विरोधमा संघर्षका कार्यक्रम अघि सारेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले आज एक विज्ञप्ती निकाल्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेकी हुन् ।

आन्दोलनका कार्यक्रममा भोलि साउन २२ गते ७७ वटै जिल्लाका प्रशासनमा विरोध पत्र बुझाउने, साउन २३ गते देशभरिका भुमिहीन सुकुम्वासी, अव्यवस्थित् वस्तीहरुमा जानकारी तथा जागरण कार्यक्रम गर्ने, साउन २४ गते जिल्ला जिल्लामा विरोधसभा गर्ने रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्