Logo

कोरोना सक्रमण युवा वर्गमा बढी, ६० वर्षमाथिको मृत्युदर उच्च



काठमाडौं, २१ साउन । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्न थालेको छ । बुधबार ४ हजार १ सय ७ जना नयाँ संक्रमित थपिएका थिए । २४ घन्टामा थपिएका संक्रमितहरु मध्ये युवा वर्गका बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । युवा वर्गमा संक्रमण भएपनि मृत्युदर भने ६० वर्ष माथिको उमेरसमुहको बढी रहेको छ ।

मन्त्रालयको अनुसार २१ देखि ३० वर्ष उमेर समहका बुधबार ७३२ जना संक्रमित थपिएका हुन् । त्यस्तै, ३१ देखि ४० वर्ष उमेर समुहका ६ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, ४१ देखि ५० वर्ष उमेरसमुहका हिजो ४६६ जना संक्रमित भएका थिए । ५१ देखि ६० उमेरसमुहका ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बुधबार ६१ देखि ७० वर्ष सम्मका २०३ जना संक्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी, ७१ देखि ८० जना उमेर समुहको ११० जना, ८० वर्ष भन्दा माथि ५७ जना, ११ देखि २० उमेर समुहका २५५ जना, १० वर्ष मुनिका ७१ जना र परिचय नखुलेको ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

युवा वर्गमा संक्रमण पुष्टि भएपनि मृत्यु हुनेमा ६० वर्ष माथिका धेरै रहेको छ । नेपालमा हालसम्म ९ हजार ९ सय ५७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा ५३ सय ५० जना ६० वर्ष माथिको उमेर समुहका रहेका छन् । ३० देखि ३९ उमेर समुहका संक्रमणको कारण हालसम्म ८ सय १९ जनाको निधन भएको छ । त्यस्तै, ५० देखि ५९ वर्षसम्मका १९ सय ५१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम