Logo

गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् दिने ऊर्जामन्त्री भुसालको घोषणा



काठमाडौँ, २१ साउन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् उपयोग गर्न दिइने घोषणा गरेकी छिन् । आज (बिहीबार) मन्त्रालयमा छलफलको क्रममा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकि छिन् ।

उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरूलाई राहत दिनुपर्छ भनेर नि:शुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेकी छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दै छौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेकी छु मैले ।’-File Photo



प्रतिक्रिया दिनुहोस्