Logo

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो । नयाँ बानेश्वर बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा पार्टी एकतामा कसरी जान सकिन्छ ? भन्ने विषयमा छलफल हुने नेताहरुले जनाएका छन् ।

स्थायी कमिटी बैठकले अघि सारेका सुझाव र लिएका निर्णयमाथि केन्द्रीय कमिटीमा छलफल हुने नेता मेटमणि चौधरीले जानकारी दिए । उनकाअनुसार अहिले वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो धारणा राखिरहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्