Logo

बिमला वली जर्बजस्ती हस्ताक्षर गराए भन्ने, एमाले नेता ढकाल आफूखुशी भन्ने



बुटवल, २१ साउन । सुर्य चिन्हबाट विजयी लुम्बिनी प्रदेशकी सांसद बिमला वली खत्रीले फेरि माओवादी केन्द्रमा रहेको विज्ञप्ति सार्वजनिक गरेकी छिन् । यसअघि उनले नेकपा एमालेमै रहेको भन्दै १८ साउनमा विज्ञप्तिमार्फत् जनाएकी थिइन् ।

यसअघि एमालेमा रहेको भन्ने विज्ञप्तिमा जर्बजस्ती हस्ताक्षर गर्न लगाएको पछिल्लो विज्ञप्तिमा उल्लेख छ । यसले लुम्बिनी प्रदेशमा सांसद तानातान देखि आफू पक्षमा पार्न गरिएका अस्वस्थ गतिविधि खुलेको छ ।

बिमलाले विज्ञप्तिमा आफूलाई मन्त्री बन्ने प्रलोभन मुख्यमन्त्री शंकर पोखरेलले दिएको उल्लेख गरेकी छिन् । जर्बजस्ती मुख्यमन्त्री निवासमा राखिएको र २० साउनमा सबै आराम गरिरहेको मौका छोपी ट्वाइलेटको चप्पल लगाएर माओवादी केन्द्र संसदीय दलको कार्यालय पुगेको दाबी गरेकी छिन् ।

विमलाले आफूलाई मुख्यमन्त्री पोखरेलको निर्देशनमा एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले तुल्सीपुरस्थित घर आएर दबाब दिई लगेको उल्लेख गरेकी छिन् । तर, ढकालले मुख्यमन्त्रीलाई भेटेर कुरा गर्छु भनेकाले आफूले बुटवल लगेको बताएका छन् । वलीकै इच्छा अनुसार मुख्यमन्त्रीको निवासमा बसेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot