Logo

हातहतियार सहित पक्राउ



काठमाडौं, २१ साउन । विभिन्न हातहतियार सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं गोंगबुबाट चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको गोली ४ राउण्ड र १ थान म्याग्जिन सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं थानकोट बस्ने धादिङ गल्छी गाउँपालिका २ घर भएका १९ वर्षीय सुजन मगर, सोही ठाउँ बस्ने २५ वर्षीय ईश्वर मगर र काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने धादिङ गल्छी गाउँपालिका २ घर भएका २६ वर्षीय बिकेस मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्