Logo

नेप्से १६ अंकले घट्दा १४ अर्बको कारोबार



काठमाडौं, २१ साउन । साताको कारोबारको अन्तिम दिन आज शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से १६ अंकले घट्दा ३१ सय ७ दशमलव ४५ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव ६४ प्रतिशतले बढेर ५७९ उच्च विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २२६ कम्पनीको १ लाख ३५ हजार ४२ पटक कारोबार भएर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्