Logo

यी हुन् आज कारोबार उच्च हुने कम्पनी



काठमाडौं, २१ साउन । नेप्सेमा आज १४ अर्ब ३१ करोड बढीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यसैगरी आज, अपि पावर कम्पनीको ५६ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४७ करोड ३५ लाख, फर्स्ट मायक्रोफाइनान्स कम्पनीको २८ करोड ८९ लाख, अरुण कावेली पावर कम्पनीको २८ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्