Logo

कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु



काठमाडौं, २१ साउन । कोरोना संक्रमणबाट आज थप ३७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ हजार ९ सय ३८ जना संक्रमित थपिसंगै कुल संक्रमितको संख्या ६ लाख ८ हजार ७९ सय पुगेको छ ।

आज २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६३ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १८ हजार ४ सय ८ जनाको परीक्षणबाट ३ हजार ७ जना पिसीआर विधि र ९ सय ३१ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्