Logo

उर्जामन्त्री भुषाललाई भेटेर शाक्यले भने : म कुनैपनि हालतमा राजीनामा दिन्नँ



काठमाडौं, २१ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूले कुनैपनि हालतमा अहिलेको जिम्मेवारीबाट राजीनामा नदिने बताएका छन् । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषाललाई भेटेर शाक्यले राजीनामा नदिने जानकारी गराएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा मन्त्री भुषालले शाक्यलाई राजीनामा दिन भनेकी थिईन् । शाक्यको ठाउँमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी छ । यसअघि हिजोमात्रै शाक्यले आफुलाई सरकारले जहाँ पठाएपनि जान तयार रहेको बताएका थिए ।

मन्त्री भुषालले भने शाक्यको कार्यसम्पादन चित्तबुझ्दो नभएकोले स्पष्टीकरण सोधिएको बताएकी छिन् । हिजो शाक्यले आफु इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने धारणा राखेका थिए । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्