Logo

केन्द्रीय सदस्यहरुसँग माधव नेपालले भने-‘केपी ओली जाली, फटाहा, हेपाहा, अहंकारी र दम्भकारी हुन’



काठमाडौं, २१ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको लागि आफूहरुले हदैसम्मको लचकता अपनाएपनि अध्यक्ष केपी शर्मा ओलीले एकता नचाहेको स्पष्ट पारेका छन् । आज बसेको आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार नेता नेपालले अध्यक्ष ओलीलाई जाली, फटाहा, हेपाहा, दम्भकारी नेताको रुपमा चित्रण गरेका थिए । ती नेताकाअनुसार नेता नेपालले ओली विश्वास गर्नलगायक नेता नभएको पनि बताएका थिए । नेता नेपालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘केपी ओली भनेको जाली, फटाहा हुन् । उनको काम नै हेप्ने हो । उनी अहंकारी र दम्भकारी हुन् । जहिलेपनि गर्छु भन्ने तर बोलेको कुरा केही पनि केही नगर्ने नेता हुन, बास्तवमा भन्ने हो भने केपी ओली विश्वास गर्न लायक छैनन् । उनीसँग मिल्नु भनेको चूनौतिपूर्ण छ । अहिलेको अवस्थामा उनीसँग यत्तिकै मिल्नु भनेको भोलि हाम्रो लागि आत्माघाती हुने हो कि ? असर पार्ने हो कि ? राजनिितक भविष्य असुरक्षित हुने हो कि ? यसतर्फ हामी सचेत हुनुपर्छ ।’

नेता नेपालले ओलीलाई अंकुश लगाउनुपर्नेमा जोड दिएका थिए । उनले ओलीले पार्टी फुटाईसकेको तर घोषणा गर्नमात्रै बाँकी रहेको पनि बताएका थिए । तर, आफ्नो तर्फबाट एकताको लागि अन्तिम प्रयास गर्ने उनको भनाई थियो ।

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको अधिकार खोस्ने र अंकुश लगाउने कुरा उठ्यो

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सम्पन्न, एकताको लागि प्रयासरत रहेको माधव नेपालको भनाई (भिडिओसहित)

Photo By: Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्