Logo

टोकियो ओलम्पिकको १३औं दिन के के भयो



एजेन्सी, २१ साउन । टोकियो ओलम्पिकको १३औं दिन २७ स्वर्णको छिनोफानो भएको छ । आज अमेरिकाले सबैभन्दा बढी स्वर्ण थपेको छ । चीनले पनि स्वर्ण थपेको छ ।

पुरुष ट्रिपल जम्पमा पोर्चुगलका पिकार्डो पेड्रोले स्वर्ण जिते । चीनका झु यामिङले रजत जिते । पुरुष सटफुटमा अमेरिकाले स्वर्ण र रजत दुवै जित्यो ।

पुरुष ११० मिटर बाधा दौडमा जमैकाका हान्स्लेले स्वर्ण जिते । पुरुष २० किलोमिटर हिडाईंमा इटालीले स्वर्ण, जापानले रजत र काँस्य जितेको छ ।

महिला पोल्ट भल्टमा अमेरिकाले स्वर्ण जितेको छ । पुरुष ४०० मिटर दौडमा बहमासका स्टेभेनले स्वर्ण जिते । महिला हेपाथलनमा बेल्जियमकी नाफिसाटुले स्वर्ण जिते ।

महिला टेबलटेनिस टिम स्पर्धाको स्वर्ण चीनले जितेको छ । क्यानडाका वार्नरले डेकाथलनको स्वर्ण जितेका छन् ।

कराँतेको कुमुतेको स्वर्ण बुल्गेरियाले जितेको छ । कुस्तीको ५७ केजी तौल समूहमा जापानकी रिसाकोले स्वर्ण जितिन् ।

पदक तालिकामा चीन ३४ स्वर्णका साथ पहिलो स्थानमा छ । अमेरिकाको २९ स्वर्ण छ । जापान २२, अष्ट्रेलिया १७, रुस १६ स्वर्ण जित्न सफल भएका छन् ।

आज भारतले कुस्तीमा रजत र काँस्य जितेको छ । पुरुष हक्कीमा पनि काँस्य जितेको छ ।



प्रतिक्रिया दिनुहोस्