Logo

मेस्सीले छाडे बार्सिलोना



काठमाडौं, साउन २२ । अर्जेन्टिनी सुपरस्टार खेलाडी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्याटलान क्लब छाडेका छन् । बार्सिलोनाले बिहीबार राति विज्ञप्ति जारी गर्दै मेस्सी क्लबमा नबस्ने पक्का भएको जनाएको हो ।

मेस्सी र क्लबबीच सम्झौता नवीकरणको लागि सहमती भएपनि आर्थिक र ला लिगाको संरचनात्मक बाधाका कारण बिहीबार नयाँ सम्झौता हुन नसकेपछि मेस्सीले बार्सिलोना छोड्ने पक्का भएको हो । जुन ३० देखि क्लब विहीन रहेका मेस्सी अब फ्रि(ट्रान्सफरमा अन्य क्लबमा जानेछन् । यसअघि विभिन्न विदेशी सञ्चार माध्यमले मेस्सीले ५० प्रतिशत तलब कटौतीमा पाँच वर्षको नयाँ सम्झौता गर्ने जनाउदै आएका थिए ।

सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका मेस्सीले क्लबबाट ७ सय ७८ खेल खेल्दै ६ सय ७२ गोल गरेका छन् । बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि जितेका मेस्सीले अर्जेन्टिनाबाट गत महिना कोपा अमेरिकाको उपाधि उचालेको थिए ।



प्रतिक्रिया दिनुहोस्