Logo

सप्ताहान्तको भरथेगमा उपत्यका नजिकका होटेल



काठमाडौं, साउन २२ । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण यी स्थानमा रहेका होटेल तथा रिसोर्टहरू औसतमा सञ्चालन हुन थालेका छन् ।

सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारदेखि खुकुलो बनाउँदै ल्याएपछि र कोभिडविरुद्धको खोप आंशिक रूपमा लगाइएका कारण यी गन्तव्यमा आन्तरिक पर्यटकहरू जान थालेका छन् । सप्ताहान्तमा यी गन्तव्यका होटेल तथा रिसोर्टहरूको अकुपेन्सी ७५ देखि ८० प्रतिशतसम्म पुग्ने गरेको व्यवसायीहरूको भनाइ छ । काठमाडौं नजिकको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट र धुलिखेलमा विदाको दिन आन्तरिक पर्यटक जाने गरेका छन् ।

आन्तरिक पर्यटकहरू बढी आउने हुँदा यी क्षेत्रका होटेलहरूका लागि सप्ताहान्त बिदा भरथेग बनेको व्यवसायीहरू बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा हिमा विकले खवर लेखेकी छन् ।



प्रतिक्रिया दिनुहोस्