Logo

टोकियो ओलम्पिकको १४ औं दिन २३ स्वर्णको छिनोफानो



एजेन्सी, २२ साउन । टोकियो ओलम्पिकको १४औं दिन २३ स्वर्ण पदकको छिनोफानो हुँदैछ । आज एथलेटिक्स, बक्सिङ, बिच भलिबल, साइक्लिङ, महिला फुटबल, महिला हक्की, कराँते, टेबल टेनिस खेलहरुमा स्वर्णका लागि प्रतिष्पर्धा हुँदैछ ।

आज महिला बिच भलिबलमा अमेरिकाले स्वर्ण जितेको छ । महिला हक्कीमा ब्रिटेनल भारतलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै काँस्य जितेको छ ।

टोकियो ओलम्पिकमा ३४ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका ३० स्वर्णका साथ दोस्रो, जापान २२ स्वर्णका साथ तेस्रो, अष्ट्रेलिया १७ स्वर्णका साथ चौंथो, रुस १६ स्वर्णका साथ पाचौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम