काठमाडौं, २२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल समूहले भन्दैमा पार्टीको नविकरण प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् । हिजो बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले नविकरण प्रक्रिया र विधान महाधिवेशन रोक्न भनेको थियो । त्यसको जवाफमा नेता बाँस्कोटाले नविकरण र विधान महाधिवेशन दुवै प्रक्रिया नरोकिने बताएका छन् ।
न नविकरण प्रकृया रोकिन्छ न त विधान महाधिवेशन नै।पार्टी नै भांड्न खोज्नेका माग सुन्न पर्दैन।आए गल खेत छदैछ गए झोडा फांडेर खुइ काड्लान।त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने देउवा मन पर्छ भन्ने टिकटक बनाउने।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 6, 2021
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘न नविकरण प्रकृया रोकिन्छ न त विधान महाधिवेशन नै।पार्टी नै भांड्न खोज्नेका माग सुन्न पर्दैन।आए गल खेत छदैछ गए झोडा फांडेर खुइ काड्लान।त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने देउवा मन पर्छ भन्ने टिकटक बनाउने।”




प्रतिक्रिया