Logo

इन्फ्राष्ट्रक्चर बैंकको मुनाफा घट्यो



काठमाडौं, २२ साउन । नेपाल इन्फ्राष्ट्रक्चर बैंकले प्राथमिक शेयर निष्काशन गर्दा १.२६ प्रतिशतले घाटा व्योहोरेको छ । ८ अर्ब रुपैयाँको शेयर निष्कासन गर्दा बैंकलाई घाटा लागको हो ।

गत आर्थिक वर्षमा ८४ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले गत आव २०७७÷७८ मा ८३ करोड ६४ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

बैंकको खुद व्याज आम्दानी ८.३६ प्रतिशतले बढे पनि खर्च धेरै हुँदा मुनाफामा गिरावट आएको हो । बैंकले गत वर्ष एक अर्ब ३३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

यसैगरी, बैंकको अन्य बैंक वित्तीय संस्थामा रहेको निक्षेप थप १०८ प्रतिशतले बढेको छ भने बैंकले पूर्वाधार क्षेत्रमा लगानी गर्न नसक्दा बैंक वित्तीय संस्थामा १८ अर्ब २८ करोड रुपैयाँ निक्षेप जम्मा गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा कर्जा लगानी २९५ प्रतिशतले बढेको बैंकले जनाएको छ । बैंकको अनुसार विभिन्न आयोजनामा २ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको हाल २० अर्ब रुपैयाँ चुक्ता पूँजी पुगेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ सरक्षित रहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्