Logo

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा एमसिसी सम्झौताको प्रतिरोध गर्ने चेतावनी (केन्द्रीय समितिको निर्णयसहित)



काठमाडौं, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई देशका सम्पदाहरु बेचेर खाने रणनीति भन्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पार्टीको सात बुँदे निर्णय सार्वजनिक गर्दै प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

पोखरामा साउन १८ र १९ गते सम्पन्न भएको बैठकबारे जानकारी दिदै प्रवक्ता जनचाहनाले भने, ‘साम्राज्यवादी एमसीसी सम्झौताका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी माओवादी डटेर प्रतिरोध गर्नेछ ।’ उनले एमसीसीबाट स्वाधीन राष्ट्रलाई झुक्याउन खोज्ने र नेपाली जनतालाई शोषण गर्ने खेल भएको भन्दै त्यसविरुद्ध लड्ने बताए ।

‘नेपाली जनतालाई शोषण गर्ने असमान सन्धि सम्झौताहरु हामीलाई मान्य हुँदैन ।’ उनले भने, ‘एमसिसी राष्ट्रघाती साम्राज्यवादी दलालहरुको साँठगाठको लागि, राष्ट्रियता खोस्नको लागि सम्पदाहरु बेचेर खाने रणनिति हो ।’ एमसिसी नेपाल बेचेर खाने रणनीति भएको आरोप समेत लगाए । उनले एमसिसी सम्झौता विरुद्ध वर्ग संघर्ष मात्र नभएर राष्ट्रिय संघर्षको रुपमा अगाडि बढाउने चेतावनी दिए ।

प्रवक्ता जनचाहनाले १२ बुंदे शान्ती सम्झौताको सार संसदीय व्यवस्था टिकाउने खेल भएको जिकिर गरे । उनले कोरोना महामारीको बाबजुद प्रतिकुल समयलाई अनुकुलतामा ढाल्दै नयाँ नेतृत्व सहित पार्टीको पुर्ण बिस्तारीत बैठक बस्न सम्पन्न भएको जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सचिवालय सदस्य अर्पणले पार्टीको बिस्तारीत बैठकबाट नेकपा (माओवादी) पार्टीको केन्द्रिय समितिमा ९९ जना रहने समेत सर्वसम्मतले निर्णय गरेको सुनाए । उनले पार्टीले मालेमावादका आधारभुत सिद्धान्तलाई जनयुद्धको बाटो अबलम्वन गर्दै वैज्ञानिक समाजवादी क्रान्तिलाई अघि बढाउने समेत जिकिर गरे ।

अर्पणले देशमा भएका हत्या, हिंसा, बलात्कार, महंगी, कालोबजारी, भ्रष्टाचार भु–माफिया लुट र सामाजिक दलाल सत्ताको वैधानिक मानव बेचबिखन सबैखाले शोषणका विरुद्ध पार्टी जोडदार प्रतिरोध स्वरुप संघर्षमा उत्रिने बताए । अयोग्य ठहर भई बर्हिगमित भएका जनयुद्धका सिपाहीहरुलाई उचित मुल्यांकन सहित पार्टी राहत तथा पुनः सक्रियताका साथ लडाइँको मैदानमा सहभागी हुन समेत आग्रह गरे ।

पार्टीले संसदीय दलाल कम्युनिष्टहरुको बहुपदिय, गुट महत्वकांङ्क्षी र फुट जस्ता श्रंखला घिनलाग्दा कु दृश्य देखि सावधान राख्दै पार्टीलाई जनता सामु पारदर्शी र बलियो बनाउन एक महासचिव प्रणालीमा लैजाने निर्णय गरेको जानकारी दिए । उनले सम्पुर्ण नेपालीहरुलाई नेपाल कम्यनिष्ट पार्टी (माओवादी)ले देखाएको राष्ट्रिय स्वाधिनता सहितको वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा लाग्न अनुरोध गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी )ले जारी गरेको प्रेस विज्ञप्ती

आदरणीय जनसमुदायहरु तथा पत्रकार मित्रहरु तपाई हरुलाई थाहै छ।विगत ७१वर्ष देखि चल्दै आएको कम्युनिष्ट आन्दोलनको इतिहास बजारमा व्यापक बहस र चर्चाको विषय भइरहन्छ।२००६सालदेखि स्थापित कम्युनिष्ट पार्टीले सर्वहारा मजदुर मुक्तिको लागि विभिन्न खालका आन्दोलन क्रान्ति र संघर्ष गरिरहदै रहदा कुरा रहयो कम्युनिष्ट पार्टीले चलाएको महान जनयुद्ध २०५२साल फागुन १गते नेपाली जनताले कम्युनिष्ट पार्टीका लागि राज्य सत्ता बाहेक अरु सबै चिज भ्रम हो।पुरानो राज्यसत्ता बन्दुकको नालमा अडिएको हुन्छ।त्यस्लाइ परास्त पार्न बन्दुक कै प्रयोग गर्नुपर्छ।भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी )मार्क्सवाद लेनिनवाद र माओवाद को प्रमुख पथ प्रर्दशक सिद्धान्तको आधारमा जनयुद्धको घोषणा गर्यो र माओवादी चलाएमान जनयुद्धमा आम नेपाली सर्वहारा जनताको व्यापक सहभागी भयो र विभिन्न प्रकारका सामन्तवादी राज्यसत्ताका क्याम्पहरु ध्वस्त पारियो।अन्ततः जनता जनसत्ता र जनसेनामा लाम्बद्द हुन पुगे सामन्ती राज्यसत्ता टिकाउन बनाइएका बर्दि तथा बन्दुकधारी प्रहरी,सशस्त्र प्रहरीबल र शाहि नेपाली सेनाले हार खान पुग्यो।शाहि नेपाली असफलता पछि शाहि सेनाले दरवारीया कुटनैतिक शक्ति नेपाल काङ्ग्रेस सत्तासीन नेकपा एमाले पार्टी माथि आक्रमण गर्न पुग्यो र असफल साब्य भए।राजा ज्ञानेन्द्र लाई ब्रर्मा बिष्णुको अवतारको रुपमा पुज्दै आएका पार्टी हरुले बल्ल बुझे कि यो सत्ता त शासनकको पो रहेछ।भन्ने बुझे र जनयुद्ध लडिरहेका नेपाली जनताको शक्ति नेकपा (माओवादी) खोज्दै रोल्पा पुगे।अन्ततः नेकपा९माओवादी ०नेताहरु प्रचण्ड बाबुरामसँग गोप्य भेट भयो आफ्नो संसदीय ब्यवस्था खतम हुने डरले काङ्ग्रेस एमाले नामका पार्टीहरुले आफ्नो खाइपाइको ब्यबस्था टिकाउन भारत सामु पाउँ परे र नेपाली जनयुद्धको मोलतोल गरे जस्ले उसको नाम १२बुदे सम्झौता भनियो उक्त सम्झौताको सार रुप भनेको संसदीय ब्यबस्था टिकाउने खेल बुझ्न सकिन्छ।र जनआन्दोलनको नाटक मञ्चन गर्दै राजसंस्थाको अन्त्य र गणतन्त्रको उदय भनियो अन्ततः जनताको रगत र पसिनाले उपलब्धि हासिल गरेको जतसत्ता, जनसेना र हातहतियार विदेशी शक्ति शामु बेचियो।उक्त व्यापारीक सम्झौताको नाम थियो बिस्तृत शान्ति सम्झौता बिस्तृत शान्ति सम्झौताको नाममा जनताले लडेर उपलब्धि हासिल गरेका सबै चिजको ब्यापार गरि केही केही समाजका मुठ्ठीभर सामाजिक ठगहरुले मेजमानी गर्न पुगे र नेपाली जनताको समाजवादी ब्यबस्था माथि जाल साझि गर्दै फेरि दलाल पुजीवादी ब्यबस्था सुइकार गरे र नेपाली जनता लाई दोहोरो शोषणमा पारी रहेका छन।सामन्ती शोषक र दलाल ब्यवस्थाको दोहोरो जातो मुनि पिसिएका जनता फेरि क्रान्तिकारी पार्टीको खोजमा रहे र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) खोज्न थाले र कमरेड मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) को अलमल पछि विप्लव नेतृत्वको नेकपा माओवादी गठन भयो।र आम नेपाली जनता लाखौंको संङ्ख्यामा गोलवध्द भए नेकपा माओवादी र जनयुद्ध सुइकार गरेको पार्टी अन्ततः दुरभाग्य बस ८औं महाधिवेशनको बन्दशत्र बाट माओवादी र जनयुद्धलाई तिलाञ्ली दियो।र उक्त बन्दशत्रमा रहेका केही नेताहरूले बिद्रोह गर्न बाध्य हुनुभयो। र नोट अफ डिसिजन ९मान्य छैन०लेख्नु भयो । र गलतको बहुमत होइन सत्यको पक्षमा होऔं ।भनेझैं कमरेड नेपालको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी ०पुर्ण रुपले अगाडि बढ्यो यसै शिलशिलामा सशस्त्र जनयुद्ध र नेकपा९माओवादी ०लाई आत्मसात गर्यो । कोरोना महामारीका बाब्जुत प्रतिकुल समय लाई अनुकूलतामा ढाल्दै नयाँ नेतृत्व सहित पार्टीको पुर्ण बिस्तारीत बैठक बस्न सफल भयो र उक्त बैठक बाट सर्वसम्मत हिसाबले निम्न निर्णयहरु गरिएको छ।

१.बिस्तारीत बैठकबाट नेकपा९माओवादी ०पार्टीको केन्द्रीय समिति ९९जना रहने सर्वसम्मत निर्णय गरियो।

२.पार्टीले मालेमावादका आधारभूत सिद्धान्त लाई जनयुद्धको बाटो अवलम्बन गर्दै वैज्ञानिक समाजवादी क्रान्ति लाई अघि बढाउने निर्णय गरियो।

३.स्वाधीन राष्ट्र लाई झुक्याउन खोज्ने र नेपाली जनतालाई शोषण गर्ने सामाजिक दलाल पुजीपति व्यवस्थाले गर्दै आएको असमान सन्धि सम्झौताहरु र गर्न खोजेको साम्राज्यवादी एम सि सी सम्झौताका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी ९माओवादी ०डटेर प्रतिरोध गर्ने निर्णय गरियो।

४.देशमा भएका हत्या हिङ्शा बलात्कार महङ्गी कालोबजारी भ्रष्टाचार भु(माफिया लुट र सामाजिक दलाल सत्ताको वैधानिक मानव बेचबिखन सबैखाले शोषणका विरुद्ध पार्टी जोडदार प्रतिरोध संघर्षमा उत्रीने निर्णय गरियो ।

५.पार्टीले संसदीय दलाल कम्युनिष्ट हरुको बहुपदिय, गुठ महत्वकाङ्क्षा र फुट जस्ता श्रृङखला धिन लाग्दा कु दृश्य देखि सावधान राख्दै पार्टी लाई जनता सामु पारदर्शी र बलियो बनाउन एक महासचिव प्रणालीमा लगी पार्टी लाइ बलियो र कम्युन पार्टी बनाउने निर्णय गरियो।

६.पार्टी महासचिव कमरेड नेपाल ले पेश गर्नु भएको मानव उत्पत्ति देखि वैज्ञानिक समाजवाद साम्यवाद सम्मका मालेमावादी राजनीतिक दस्तावेज सर्वसम्मत हिसाबले पास गरियो।

७.जनयुद्ध लड्दै गर्दा योग्य भएर लडेका पुर्व जनमुक्ति सेनाका सदस्य कमरेड हरुलाई अन्तर्राष्ट्रिय अनमिन तथा पुर्व दलाल कठपुतली नेपाल सरकार नामक कम्पनीले अयोग्य ठहर गरि बहिर्गमित बनाई पन्छाईएका जनयुद्धका सिपाही हरुलाई उचित मुल्यांकन सहित पार्टी राहत तथा पुनःसक्रियताका साथ लडाइँको मैदानमा सहभागी हुन आग्रह गर्दछौ।

साथै वर्गीय युद्ध हुँदै वैज्ञानिक समाजवादी मार्गदर्शनमा अघि बढ्नको लागि वैदेशिक रोजगारमा जानू भएका सम्पुर्ण युवाहरु देशभित्र रहेका वामपन्थी शक्तिहरु बुद्धिजीवी मित्रहरु कलाकर्मि मित्रहरु राष्ट्रवादी व्यापारी मित्रहरु राष्ट्रसेवक कर्मचारी मित्रहरु अहोरात्र खटिने राष्ट्रवादी सेना प्रहरीका मित्रहरु पत्रकार मित्रहरु लगाएत सम्पुर्ण राष्ट्रवादी आमाबुबा दाजुभाइ दिदीबहिनी हरुमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले देखाएको राष्ट्रिय स्वाधीनता सहितको वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा लाम्बद्द हुन अनुरोध गर्दछौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी )

 



प्रतिक्रिया दिनुहोस्