Logo

जापानलाई पराजित गर्दै मेक्सिकोले जित्यो ओलम्पिक फुटबलको काँस्य



एजेन्सी, २२ साउन । टोकियो ओलम्पिकको पुरुष फुटबलतर्फको काँस्य पदक मेक्सिकोले जितेको छ । आयोजक जापानलाई ३-१ ले पराजित गर्दै मेक्सिकोले काँस्य जितेको हो ।

खेलमा अधिकांश समय बल नियन्त्रणमा राखेपनि जापानको गोल गर्ने प्रयासहरु मेक्सिकोका अनुभवी गोलरक्षक गुलिलेरमो ओचोआले विफल पारेका थिए ।

मेक्सिकोका लागि कोरडोभाले पेनाल्टी गोल गर्नुका साथ दुई गोलमा अवसर सृजना गरिदिएका थिए । जापानका मिटोमाले दोस्रो हाफमा गोल गरेर दबाब बढाएपछि बराबरी गर्ने प्रयास सफल भएन ।
घरेलु मैदानमा पराजित भएपछि जापानका अधिकांश खेलाडी रोएका थिए । उनीहरुलाई मेक्सिकोका खेलाडीले समेत सम्झाएका थिए ।



प्रतिक्रिया दिनुहोस्