Logo

विद्युत विकास विभागका महानिर्देशक देवलाई इपानद्वारा बधाई ज्ञापन



काठमाडौं, २२ साउन । विद्युत विकास विभागका महानिर्देशक सन्दीपकुमार देवलाई स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इपानले बधाई ज्ञापन गरेको छ । आज विभागको कार्यालयमा पुगी इपानका पदाधिकारीहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

बधाई ग्रहणपछि महानिर्देशक देवले आफू सधै ऊर्जा उत्पादकहरुसँगको समन्वयमा विद्युत उत्पादनमा सहजीकरण गर्न तत्पर रहेको बताए । विषम परिस्थितिमा जलविद्युत आयोगनामा परेको असरलाई गम्भीरतापूर्वक लिएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत विद्युत विकास विभागमा सन्दीपकुमार देव हालै महानिर्देशकमा नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्