Logo

चीन विश्वलाई सर्वाधिक भ्याक्सिन उपलब्ध गराउने मुलुक, यसै वर्ष २ अर्ब डोज



एजेन्सी, २२ साउन । चीन विश्वभर सर्वाधिक कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराउने मुलुक बनेको छ । उसले यस वर्षभर २ अर्ब डोज भ्याक्सिन विश्वलाई उपलब्ध गराउने भएको छ ।

२ अर्ब डोज भ्याक्सिनमध्ये चीनले आधा अर्थात् १ अर्ब अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहिबार साँझ फोरम इन इन्टरनेशनल कोअपरेशन अन कोभिड १९ भ्याक्सिनमा बोल्दै विश्वभर भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्ति गरेका हुन् । उनले विकासशील राष्ट्रहरुप्रति सद्भाव देखाउने समेत बताए ।

ग्लोबल टाइम्सका अनुसार चीन प्रति वर्ष ५ अर्ब डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गर्न सक्षम भएको छ । उसले आधा उत्पादन आफ्ना जनताका लागि राख्ने र बाँकी बाह्य मुलुकलाई आपूर्ति गर्ने देखिएको छ ।

चीनले अमेरिकाले भन्दा ७ गुणा बढी भ्याक्सिन बाह्य मुलुकलाई उपलब्ध गराएको ग्लोबल टाइम्सले जनाएको छ । जसमध्ये १०४ देशमा पुगेका छन् । अमेरिकाले ६५ देशमा उपलब्ध गराएको छ ।



प्रतिक्रिया दिनुहोस्