Logo

टोकियो ओलम्पिकको १४ औं दिन क-कस्ले जिते स्वर्ण



एजेन्सी, २२ साउन । टोकियो ओलम्पिकको १४औं दिन २३ स्वर्ण पदकको छिनोफानो भएको छ । आज एथलेटिक्स, बक्सिङ, बिच भलिबल, साइक्लिङ, महिला फुटबल, महिला हक्की, कराँते, टेबल टेनिस खेलहरुमा स्वर्णको छिनोफानो भएको हो ।

महिला ४x१०० रिलेको स्वर्ण जमैकाले जितेको छ । पुरुष ४x१०० को स्वर्ण इटालीले जितेको छ ।

महिला ४०० मिटर दौडमा बहमासकी मिलर उइबोले स्वर्ण जितेकी छिन् । केन्याकी किपेगनले १५०० मिटर दौडको स्वर्ण जितेकी छिन् । रियो ओलम्पिककी विजेता उनले दोस्रोपटक स्वर्ण जितेकी हुन् ।

युगान्डाका चेप्टेगीले ५००० मिटरेको स्वर्ण जिते । महिला ज्याभलिन थ्रोमा चीनकी लिउले स्वर्ण जितिन् । स्लोभाकियाकी गारसब्रेटले क्लाइम्बिङको स्वर्ण जितिन् ।

कराँतेको ७५ केजी तौल समूहको कुमुतेमा इटालीकी बुसाले स्वर्ण जितिन् । ६१ केजी तौल समूहमा सर्वियाकी प्रेकोभिकले स्वर्ण जितिन् । पुरुष काँताको स्वर्ण जापानका रेओले जिते ।

पुरुष टिम टेबल टेनिसमा चीनले स्वर्ण जितेको छ । कुस्तीमा ५३ केजी तौल समूहमा जापानकी मायुले स्वर्ण जितिन् ।

आज महिला बिच भलिबलमा अमेरिकाले स्वर्ण जितेको छ । महिला हक्कीमा ब्रिटेनल भारतलाई प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै काँस्य जितेको छ ।

टोकियो ओलम्पिकमा ३४ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका ३० स्वर्णका साथ दोस्रो, जापान २२ स्वर्णका साथ तेस्रो, अष्ट्रेलिया १७ स्वर्णका साथ चौंथो, रुस १६ स्व्र्णका साथ पाचौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्