Logo

कक्षा १२ को परीक्षा स्थगित



काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

आज बोर्डले बैठक बसी कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

हिजो स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका थिए । उनले ट्वीट गर्दै निकट भविष्यमा हुन लागेको सबै परीक्षा स्थगत गर्न स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराएका थिए ।

सरकारले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न स्वीकृती दिएपछि कक्षा १२ को परीक्षा साउन ३१ बाट सुरु गर्ने गरी सूचना जारी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot