Logo

उपेन्द्र यादव सरकारमा जाँदै, महन्थ ठाकुर मधेश दौडाहामा



साउन २३, काठमाण्डौ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता खोसिदिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष अहिले मधेसका बिभिन्न जिल्लामा पार्टीको बिस्तारित बैठकमा जुटेको छ । यता पार्टीको आधिकारिकता पाउन सफल उपेन्द्र यादव पक्ष भने सरकारमा जाने तयारी स्वरुप मन्त्री छनोटमा सक्रिय बनको छ ।

तत्कालिन सत्तारूढ नेकपा एमालेमा विवाद बढिरहेका बेला केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणलाई लिएर जसपा भित्र विवाद चर्किएको थियो । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर बनेको जसपा नेपाल सत्ता साझेदारीकै बिषयमा एकमत हुन नसक्दा विभाजन नै भयो । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि महन्थ ठाकुर पक्ष दलविहिन बनेको छ ।

आधिकारिकता नपाएका महन्थ ठाकुर पक्षले पनि आफूहरु अझै जसपामै रहेको भन्दै तराई मधेसमा कार्यक्रम सुरु गरेका छन । ठाकुर पक्ष विस्तारित बैठक आयोजना गर्न थालेको छ । केपी ओली नेतृत्वको सरकारमा १८ महिना रहेर उपेन्द्र यादवले गर्न नसकेको कार्य आफूहरुले १८ दिनमा गरेको दाबी गर्दै कार्यकर्तालाई प्रशिक्षण दिइरहका छन ।

महन्त पक्ष निर्वाचन आयोगको निर्णय प्रति असन्तुष्ट छ । आयोगको निर्णयको बिरोधमा सर्बोच्चोको ढोकामा पुगेको थियो । तर सर्बोच्चोले पनि महन्थको मागअनुसार अन्तरिम आदेश नदिएपछि कतिपय नेता तथा कार्यकर्ताहरु अन्योलमा छन । त्यसैले कार्यकर्ता भड्किन नदिने अहिले महन्थ पक्ष मधेसका बिभिन्न जिल्लामा अगुवा कार्यकर्ता भेलामा जुटेको हो । शनिबार चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ । साउन ११ गते निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष कार्यकर्ता भेलामा व्यस्त बनेको छ ।

उक्त पक्षले साउन २२ गतेदेखि भदौं ९ गतेसम्म अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरिसकेको छ । दलविहिन बनेको महन्थ पक्षले जसपाकै कार्यकर्ता भेट्दै हिँड्नुलाई उपेन्द्र पक्षले भने रुचाएको छैन । नेता महेन्द्र राय यादव महन्थ् पक्षको अहिलेको गतिविधि निर्जलताको पराकाष्ठा र जनतामा भ्रम छर्ने काम भएको बताउँछन् ।

पार्टीको आधिकारिकता पाएसंगै बिपक्षी गठन्धनमा रहेको जसपा सरकारमा जाने तयारी गरको छ । तर सरकारमा जाँदा मन्त्रीहरुको नेतृत्व कसले गर्ने, कोको मन्त्री बन्ने भन्ने विषयमा सहमति नहुँदा ढिलाई भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्