Logo

हेटौंडा दुग्ध वितरण आयोजनाः एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात



हेटौडा, साउन २४ । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ वैशाखदेखि घ्यू निर्यात शुरू भएको थियो । एक पटकमा सातदेखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको आयोजना प्रमुख जोशीले बताए । घ्यूको माग बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाले दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन गर्दै आएको छ ।घ्यू नि

आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ ओटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत गत आवमा ५८ लाख लिटर दुग्ध खरीद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको छ । उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा विक्री हुने गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्