Logo

कडा विषादी प्रयोग गरेको पाइएपछि कन्याम चिया कमानको विषादी घर सिलबन्दी



इलाम, साउन २४ । इलामको कन्यामस्थित कन्याम चिया कमानको विषादी घर सिलबन्दी गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सूर्योदय नगरपालिकासहितको टोलीले शनिबार बगानको अनुगमन गर्दा कडा विषादी प्रयोग गरेको पाइएपछि विषादी घर अनिश्चित कालका लागि सिलबन्दी गरिएको हो ।

विषादी प्रयोगको जनगुनासोका आधारमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराई नेतृत्वको टोलीले अनुगमन गर्दा बगानमा कडा प्रकृतिको विषादी प्रयोग भएको पाइएको जनाइएको छ । अनुगमनका क्रममा चिया बगानमा विषादी प्रयोग गर्ने मजदुरले स्वास्थ्य सुरक्षाका मापदण्डसमेत नअपनाएको पाइएको छ । मजदुरले विषादी प्रयोग गर्दा मास्क, पन्जा, एप्रोन नलगाएको पाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

अनुगमन टोलीले भण्डारमा राखिएका विषादीको मुचुल्का उठाएर बगान प्रशासनलाई सिलबन्दी गरिएको पत्रसहित तीन दिनभित्रमा सूर्योदय नगरपालिकामा छलफलमा उपस्थित हुन भनिएको नगरका उद्योग अधिकृत ईश्वरी अधिकारीले जानकारी दिए ।

नेपाल चिया विकास निगमअन्तर्गत रहेको कन्याम चिया बगानमा ५० वर्षका लागि लिजमा लिएको त्रिवेणी सङ्घाई ग्रुपले कडा प्रकृतिको क्लोरोफाइन फस, साइपर मेथिनलगायतका विषादी मात्रा नमिलाई मापदण्डविपरीत प्रयोग गरेको पाइएपछि कन्याम चिया कमानको विषादी भण्डार घर सिलबन्दी गरिएको बोर्डका निर्देशक डा भट्टराईको भनाई रहेको आजको गोरखापत्र दैनिकमा प्रेम अधिकारीले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot