Logo

पूजा गर्न गएकी महिलालाई पुजारीले पिटेको भिडियो भाईरल



काठमाडौं, साउन २४ । मन्दिरमा पूजा गर्न गएकी महिलालाई पुजारीले पिटेका छन्। भारतको बिहारको दरभन्गाको उक्त घटनाको भिडियो सञ्जालमा भाइरल भएको छ।

कोरोना कहरका कारण मन्दिरमा पूजा गर्न नमिल्ने बताएपछि पुजारी र ती महिलाबीच विवाद सुरु भएको थियो। विवादका क्रममा पुजारीले ती महिलालाई कपाल भुत्ल्याएर न्याक्दै लछारपछार गरी मन्दिरबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पुजारीलाई हाल मन्दिर कमिटीबाट निकालिएको छ।



प्रतिक्रिया दिनुहोस्