Logo

पुजा र आकाशले किने एउटै कम्पनीको ७० लाखको गाडी



काठमाडौं, २४ साउन । पछिल्लो समय नेपाली कलाकारहरुले मंहँगो गाडी खरिद गरिरहेका छन् । गत महिनामा नायक पुष्प खड्काले ७० लाखको (क्रेटा) खरिद गरेका थिए । केही कलाकारहले त गाडी खरिदकै विषयमा उनको आलोचना गर्न पनि भ्याए ।

केही दिन पछि फेरी अर्का नायक आकाश श्रेष्ठले बिहीबार ७० लाख मुल्य पर्ने हुन्डाइको क्रेटा गाडी खरिद गरेका छन् । उनकी कथित प्रेमिका तथा नायिका पुजा शर्मालाई थाहा नै नदिई आकाशले गाडी खरिद गरेको बुझिएको छ । आकाशले गाडी खरिद गरेको २४ घन्टाभित्र पुजाले पनि सोही कम्पनीको ७० लाख रुपैयाँ मुल्य पर्ने क्रेटा गाडी खरिद गरेकी छिन् । आकाशको गाडी सेतो रंगको छ भने पुजाको चकलेटी रंगको छ ।

निषेधाज्ञा अगाडी जहाँ पनि सँगै जाने यी जोडी आकाशले गाडी किनेको दिनमै पुजाले गाडी खरिद गर्नाले उनीहरुबीच सम्बन्ध नराम्रोसँग विग्रिएको अनुमान लगाउन गाह्रो पर्दैन् । गएको वर्ष टेलिभिजन कार्यक्रम ‘रजतपट’ का प्रस्तोता प्रकाश सुबेदीले दिएको अभिव्यक्तिले विक्षिप्त भएकी पुजा रजतपट टिमसँग मिलेर आकाशले यो वर्ष राहत बाँडेपछि चिडिएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot