Logo

महिलालाई अभद्र व्यवहार गर्ने युवक पक्राउ



मोरङ, २४ साउन । महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रंगेली नगरपालिका(२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा रिषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई रिषिदेवले अभद्र व्यवहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बवियाबिर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्