Logo

सरकारको साझा कार्यक्रममा स्वास्थ्य सामाग्री खरिदमा छानविन गरी दोषी देखिएका उपर कारबाही



काठमाडौं, २४ साउन । सरकारले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषी देखिएका उपर कानूनी कारबही गर्ने जनाएको छ । आज सार्वजनिक भएको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारले दोषी व्यक्ति संस्थ उमर कानूनी कारबाही गर्ने उल्लेख गरेको छ ।

स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएको व्यक्ति संस्था उमर कानूनी कारबाही गर्ने, सरकारको न्यूनतम साझा कार्यक्रमको बुँदा नम्बर २ को ६ मा भनिएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको विषय बाहिर आएको थियो । कोरोना भाइरस रोकथामका लागि प्रयोग भएको सामाग्री र भ्याक्सिन खरिदमा समेत अनियमितताको विषय उठेको थियो । त्यसको छानबिन देउवा सरकारले गर्ने भएको छ । दोषीमाथि कडा कारबाही गर्ने साझा कार्यक्रममा भनिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot