Logo

भूमि आयोग खारेजीविरुद्ध रिट दर्ता



काठमाडौं, २४ साउन । भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आज आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवालीले आयोग खारेजीविरुद्ध रिट निवेदन दर्ता गराएका हुन् ।

रिट निवेदनमा आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । सरकारले भूमि आयोग खारेज गरेपछि नेकपा एमाले विरोधमा उत्रिएको छ । आयोगलाई कार्यकर्ता भर्ती केन्द्र भन्दै गठबन्धनका दलहरुले खारेजीको स्वागत गरेका छन् ।

देवी ज्ञवालीलाई भूमी आयोगको अध्यक्ष बनाएर सुकुम्बासी समस्या समाधान गर्ने भन्दै तत्कालीन केपी शर्मा ओलीको सरकारले काम अगाडि बढाएको थियो । आयोगको देशभरका कार्यालयमा एमाले नजिक भएकाहरुलाई नियुक्ति दिएको भन्दै विरोध समेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्