Logo

महिला तथा बालबालिकामाथि भएको हिंसा रोक्न सरकार गम्भीर रुपमा अगाडी बढ्छः गृहमन्त्री खाण



काठमाडौं, २५ साउन । गृहमन्त्री बालकृष्ण खाँडले महिला तथा बालबालिका माथी भईरहेको हिंसा रोक्न सरकार अत्यन्तै संवेदनशिल र गम्भीर रुपमा अगाडी बढ्ने बताएका छन् । उनले सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा रहेको भन्दै खुल्ला रुपमा निर्वाद ढङ्गले जनताले बाच्न पाउने सुरक्षा अनुभुती हुने सुरक्षा राज्यले प्रदान गर्ने बताए ।

बुधबार गृहमन्त्रालयमा अन्तरपार्टी महिला सञ्जालसँग गृहमन्त्री खाँडले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । महिला तथा बालबालिका माथी बढिरहेको हिंसाप्रति गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराउन महिला सञ्जाल गृहमन्त्रालय पुगेको थियो ।

बुधबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सञ्जालले पछिल्लो समयमा महिला तथा बालबालिकाहरु माथी बलात्कार,हत्या जस्ता अमानवीय र क्रुर घटना लगायत जघन्य प्रकारको मानव अधिकार बिरोधी कार्य भईरहेको प्रति गृहमन्त्रीलाई ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।
सञ्जालले लकडाउनको समय घरेलु हिँसा बढेको र यस विषयमा गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँडले महिला तथा बालबालिका हिंसा रोक्न अत्यन्तै संबेदनशिल र गम्भीर रुपमा अगाडी बढ्ने बताए ।

महिला हिंसाको घटना बढेको र निस्पक्ष रुपमा छानबिन गरि सत्य तथ्यको आधार अपराधीहरुलाई हदै सम्मको सजाय र पिडितहरुलाई न्याय दिलाउन साथै उचित क्षतिपुर्तीको व्यवस्थाको लागि संजालकी अध्यक्ष कल्याणी रिजालले माग गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot