Logo

शंकर धमला नेपाल लोकतान्त्रिक खेलकुद संघको वाग्तमी प्रदेशको कार्यसमिति सदस्यमा मनोनित



काठमाडौं, २५ साउन । नेपाल लोकतान्त्रिक खेलकुद संघले धादिङका शंकर धमलालाई वाग्मती प्रदेशको कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संघका अध्यक्ष दीपक गुरुङले धमलालाई बाग्मती प्रदेशको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । एक कार्यक्रमका बीच कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले धमलालाई मनोनित गरेको पत्र प्रदान गरेका हुन् ।

मनोनित पत्रमा लेखिएको छ,‘नेपाल लोकतान्त्रिक खेलकुद संघ विधान–२०७१ को धारा ६ को उपदफा २ बमोजिम तपाईँलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ, वाग्मती प्रदेशको कार्य समिति सदस्य पदमा मनोनयन गरिएको छ । तपाईँबाट ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद, खेलाडी एकता’ को मूल नाराका साथ संघको विधानको धारा २५ अनुसार नेपाली खेलकुदको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिनु हुने विश्वास लिएको छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot