Logo

किशोरी बलात्कार गर्ने युवक पक्राउ



म्याग्दी, २५ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका ५ पुलाचौर बस्ने २० वर्षीय सोहन छिनाल आइतबार साँझ पक्राउ परेका हुन् ।

सोहनले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot