Logo

ब्राम्हण ठिटोले सिन्दुर हालेर दलित चेलीलाई अलपत्र पारेपछि…



काठमाडौं, २५ साउन । कृष्णा मिश्रा ज्योती पासवानको सुन्दरताप्रति आकर्षित हुन्छन् । दुवैबीच प्रेम सम्बन्धको डोरी कसिदै जान्छ । कृष्णा ब्राम्हण र ज्योती दलित । तर, जातले प्रेमलाई छेक्दैन ।

ज्योतीलाई २०७७ सालको फागुनमा कृष्णाले भगाएर विवाह गर्छन् । सिउँदोमा सिन्दु हालिदिन्छन् । दुवैले सँगै मर्ने र बाँच्ने कसम खान्छन् । सिन्दुर हालेको तस्बिर पनि खिच्छन् ।

सामाजिक सञ्जालमा ज्योतीले सिन्दुर लगाएको तस्बिर र भिडियो पनि राखियो । तीन महिनासम्म उनीहरुको खुशी चलिरह्यो । तर, त्यो टिकेन । कृष्णा मिश्रा ज्योतीलाई होटलमा राखेर फरार भए । उनी घर न घाटको भइन् ।

वाध्य भएर ज्योती घरमै फर्कन्छिन् । बाबुआमासित बस्छिन् । भगाएर विवाह गर्ने केटाविरुद्ध प्रहरीसम्म पनि उजुरी पुग्छ । तर, ज्योतीको मनमा गहिरो पीडा पुग्छ । उनी जताततैबाट हार खाएर आत्महत्या गर्छिन् ।

यो घटना सप्तरीको हो । सुरुङ्गा नगरपालिका ७ पोखरियाका कृष्णा मिश्राले ज्योती पासवानसँग सँगै जिउने र मर्ने कसम त खाए तर पूरा गरेनन् । बरु क्षणिक स्वार्थका लागि दलितकी छोरीलाई सिउँदो भरेर अलपत्र पारे । तीन महिनासम्म दुवै लुकेर बसे तर कृष्णाले ज्योतिको साथ छाडे । उनी निराश भएर आत्महत्या गर्न पुगिन् ।



प्रतिक्रिया दिनुहोस्