Logo

एमाले बैठकले केन्द्रीय कमिटी थप्दै



काठमाडौं, २५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा चलिरहेको छ ।

बैठकले स्थायी कमिटी बैठकले निर्णय गरेको विधान संशोधनसम्बन्धी प्रस्तावबारे छलफल गरिरहेको छ । बैठकमा राजनीतिक र सांगठनिक प्रस्तावलाई संयुक्त बनाइएको प्रस्तावबारे पनि छलफल चलिरहेको बुझिएको छ ।

एमाले बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरु भने सहभागी भएका छैनन् ।

ओलीले आजको बैठकबाट विधान संशोधनसम्बन्धी स्थायी कमिटीबाट पारित भएको प्रस्तावलाई पारित गराउँदैछन् । केन्द्रीय कमिटि २२५ सदस्यीय बनाउने गरी संशोधन गरिएको छ ।

एमालेको नयाँ विधानमा अध्यक्ष र महासचिव मात्र निर्वाचित हुने व्यवस्था गर्न लागेका छन् । केन्द्रीय कमिटी पनि निर्वाचित हुने र त्यसैले अध्यक्ष र महासचिवबाहेकको पदाधिकारी निर्वाचित गर्ने गरी विधान संशोधन गरिएको छ । यसको अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ ।

स्थायी कमिटी बैठकले पारित गरेको प्रस्ताव अनुसार एमालेमा १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव हुनेछन् । यसअघि ५ उपाध्यक्ष र ५ सचिवको व्यवस्था थियो ।
नवौं महाधिवेनबाट पारित विधान अनुसार केन्द्रीय कमिटीको संख्या १५९ थियो । अब केन्द्रीय कमिटी संख्या थपेर १४१ पुर्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्