Logo

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, महाधिवेशनबाट अध्यक्ष र महासचिवमात्रै चुन्नेगरि विधान संशोधन गर्ने प्रस्ताव



काठमाडौं, २५ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । आज (सोमबार) तलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । उक्त प्रस्तावअनुसार अब एमालेमा १३ पदाधिकारी रहनेछन् ।

प्रस्तावित विधानअनुसार स्थायी कमिटी खारेज गरेर सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी मात्रै राखिनेछ । बैठकपछि मिडियाकर्मीलाई जानकारी दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन । उनकाअनुसार प्रस्तावित विधानमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने छन् । अध्यक्षबाहेक अरु पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्नेछ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot