Logo

सुस्ताए विद्यार्थी संगठन



काठमाडौं, साउन २६ । विद्यार्थीका हकहितका लागि स्थापना भएका विद्यार्थी संगठन विद्यार्थीका एजेन्डाभन्दा पनि राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको देखिएको छ । कोरोना संक्रमणका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्म पठनपाठन सहज नहुँदा र खोपमा विद्यार्थी प्राथमिकतामा नपर्दा पनि विद्यार्थी संगठनले विद्यार्थीको हकहितमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ । खोप भित्रिएको पाँच महिनापछि विद्यार्थीलाई खोप दिलाउन भन्दै विज्ञप्ति निकाले पनि त्यो विज्ञप्ति औपचारिकतामा मात्रै सीमित भएको विद्यार्थीको गुनासो छ ।

त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी पूर्णिमा चन्दले भनिन्, ‘कोरोनाविरुद्ध खोप नेपाल भित्रिएको महिनौं बित्यो । भौतिक उपस्थितिसहित अब परीक्षा दिनुपर्ने खोप लगाएको पनि छैन ।’ दाङ घर भई काठमाडौं पढ्दै आएका नेपाल वैद्यले भने, ‘त्रिभुवन विश्वविद्यालयले परीक्षा तोकेको छ । म घरमै छु । सरकारले बन्दाबन्दी अझै खोलेको छैन भन्छ । कसरी परीक्षा दिने रु खोप त परको कुरा भयो ।’

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा गणित विषयको प्रवेश परीक्षा तयारी गरिरहेका रविन घिमिरेले विद्यार्थी संगठनले विद्यार्थीको पक्षमा नबोलेको बताए । उनले भने, ‘वैकल्पिक विधिबाट भए पनि गुणात्मक सिकाइ बनाउन विद्यार्थी संगठनले बहस चलाउनुपर्ने होइन र रु उनीहरू त पेट्रोलको भाउ बढ्यो भने मात्रै सडकमा जान्छन् तर, विद्यार्थीको मागमा बोल्दै बोल्दैनन् ।’

अहिले केही कलेजले अनलाइन क्लासको पूर्ण शुल्क असुलेपछि विद्यार्थी कलेजमा ताला लगाउन विवश छन् । अहिले देशभरका शैक्षिक संस्था प्रायः ठप्प हुँदा लाखौ विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ । शैक्षिक क्यालेन्डर बिथोलिएको छ भने नियमित परीक्षा समयमा नहुँदा विद्यार्थीको समय खेर गएको छ । यस्तै, कतिपय विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरे पनि विद्यार्थीबाट सतप्रतिशत शुल्क असुल्दै आएका छन् । आजको राजधानी दैनिकमा प्रशान्त वलीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot