Logo

ओलीले आज संसद्मा सम्बोधन गर्ने



काठमाडौं, साउन २६ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् ।

संसदीय दलका नेतासमेत रहेका ओलीले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि आज पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् । ओलीले प्रतिनिधिसभा बैठकमा प्रमुख विपक्षी दलको नेताको हैसियतमा संम्बोधन गर्नेछन् ।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मतको बेलामात्र ओली संसदमा उपस्थित भएका थिए । यसबीचका कुनै पनि बैठकमा उनी सहभागी भएका छैनन् ।

सर्वाेच्चको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको सफथग्रहण तथा बधाई ज्ञापन कार्यक्रममासमेत ओली अनुपस्थित रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्