Logo

सत्ता गठबन्धनलाई केपी ओलीको प्रश्न : ‘एमसीसी बिर्सिनुभएको हो ? मैले त कतै कार्यक्रममा देखिनँ’ (भिडिओसहित)



काठमाडौं, २६ साउन । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षीय गबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रममा ‘एमसीसी’ बारे केही उल्लेख नगरेको भन्दै कडा टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्ताक्षीय गठबन्धनले ल्याएको कार्यक्रममा साना र मसिना कुरामात्रै राखिएको बताए । उनले भने,‘एमसीसीको बारेमा कार्यक्रममा केही लेखिएको छैन, एमसीसी बिर्सिनुभएको कि क्या हो ? मैले त कतै देखिनँ । यसबारेमा केही लेखिएको छैन कहीँ । अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेर मेरै क्लिप खोजेर पास गराउन वातावरण बनाउने ?’

उनले आफू असाधारण जनमतका साथ फेरि सत्तामा आउने घोषणा गरे । उनले भने,‘म झ्यालबाट होईन, मूल ढोकाबाट फेरि आउनेछु । नेपाली जनताले मेरो काम हेरेर मत दिएका हुन् ।’

उनले आफू आफ्नो उद्देश्यमा प्रष्ट रहेको र समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पारेर नै छोड्ने पनि स्मरण गराए । उनले भने,‘त्यस गन्तव्यतर्फको यात्रामा हिँडेको, नेपाललाई समृद्ध बनाउने र नेपाली जनतालाई सुखी बनाउने उद्देश्य बोकेर हिँडेकोले सानो तिनो गालीगलौजले खासै फरक पर्दैन् । म आफ्नो उद्देश्यमा केन्द्रित छु । मेरो पार्टीले नीति, कार्यक्रम र योजना र लक्ष्य त्यसैअनुरुप तय गरेको छ ।’
उनले आफूलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा कुनै चिन्ता नभएको पनि जिकिर गरे । उनले भने,‘हामीले पार्टी एकीकरण राम्रो उद्देश्यको साथ गरेका थियौं । प्रमुख प्रतिपक्षीसँग पनि सम्मानपूर्वक अभ्यास गर्यौं । सहकार्य गर्दै अघि बढ्ने नीति पनि लिइयो । सरकारको गन्तव्य स्पष्ट थियो । बाटो स्पष्ट थियो । कार्यान्वयनमा दृढता पनि स्पष्ट थियो । म सधैं सजग थिएँ । तदअनुसार मैले व्यवहार गरेको थिएँ । संविधानबमोजिम राज्य सञ्चालन हुनुपर्छ । कानूनी राजको अवधकारणको दृढ हुनुपर्छ । उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको नियुक्ती, पदस्थापन, स्वच्छ र पारदर्शी ढंगबाट गर्ने । नातावाद र कृपावादको छायाँसम्म पर्न दिइनँ । मैले मसँग सहकार्य गरेका साथीहरुलाई ती नीति अवलम्बन गर्न जोड दिएँ । कसैको लाभ र ईच्छामा धक्का अवश्य पर्यो । दियो । केही व्यक्तिहरुको ईच्छामाथि मेरा नीतिले, जो मैले गलत नीतिसँग सम्झौता गरिनँ । अपेक्षा तत्काल पूरा भएनन् होला । मेरा कामले हाँसिल हुँदै गरेको लोकप्रियताल छाती जलन हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot