Logo

‘माधव नेपाल गद्दार होईन, राष्ट्रिय हिरो हो’ : पाण्डे



नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि हदैसम्मको लचकता अपनाएको भएपनि अध्यक्ष केपी शर्मा ओलीले एकताको बाटो बन्द गरेकोले पार्टी फुटको संघारमा पुगेको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद् र संविधान जोगाएकोले माधव नेपाल गद्दार नभएर राष्ट्रिय हिरो भएको पनि बताए । प्रस्तुत छ नेता नेपालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

अब नेकपा (एमाले) फुट्यो भनेर सबैले भनेका छन् नि, फुटेकै हो त ?

फुटिसकेको त छैन, त्यो फुटको संघारमा नै छ ।

हिजोको निर्णयले त अब एकता नहुने भयो भन्ने कुरा आएका छन्, माधवकुमार नेपालबिनाको पार्टी बनाउने केपी ओलीको घोषणा भयो रे नि त ?

हामी माधवकुमार नेपाल पक्षका साथीहरु यही साउन २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बस्यौँ । हामीले एकताको लागि प्रयत्न गर्ने भनेर फेरिपनि छलफल ग¥यौं । पार्टी एकता नै अहिले हाम्रो लागि प्रमुख कार्य हो भनेर छलफल गयौँ । निर्णय गयौँ । हामीसंग भएका एकताको प्रयास गर्नुभएका स्थायी कमिटीका साथीहरुले पनि केही कुरा राख्नुभयो । पार्टी एकता हुन्छ हामीले दश बुँदे तयार गरेका छौँ । दश बुँदेलाई आधार बनाएर केही अरु पनि थपथाप गर्दै त्यसलाई परिमार्जन गरेर हामी एकतमा जान सक्छौा भन्नेखालको कुरा गयौँ । त्यही कुरा हामीले उहाँहरुलाई के पनि भन्यौँ भने तपाईँहरु अहिले यो पार्टी सदस्यता रिन्यू गदै हुनुहुन्छ, बिभिन्न खालका विधान अधिवेशन भन्दै तपाईँहरुले विभिन्न खालका वडासम्मको अधिवेशनका कुराहरु तोक्नुभएको छ । पहिला यो एकता प्रक्रियालाई हामीभित्रको विवादलाई समाधान गरौँ त्यसपछिका कुरा अगाडि बढाउला यो कुरा रोक्नुहोस् भनेर हामीहरुले उहाँहरुलाई खबर गर्यौ । तर, हिजोको बैठकबाट त्यो राकिएन उहाँहरुले आफ्नो ढंगबाट अगाडि बढ्ने नीति लिनुभयो । त्यस्तो देखिएको छ ।

तर, अध्यक्ष केपी ओली त अघि बढ्नुभयो नि, अब भदौ २७ र २८ गते विधान अधिवेसन पनि गर्ने कुरा भैसकेको छ नि ?

उहाँहरुले जेसुकै निर्णय गरेर अगाडि बढ्नुभएको छ । संविधानअनुसार पनि नमिल्ने कुराहरु गर्नुभएको छ । विधानत हुन्छ, तरपनि हाम्रो बीचमा एकता प्रयास हुनसक्यो भने एकता सम्पन्न भयो भने यो कुरामा फेरि बदलियला तर हाम्रो संविधानले के भन्छ भन्दा यस्तो राजनीतिक दलहरुको विधानमा के हुनुपर्छ भन्दाखेरी हाम्रो पदाधिकारी हरु सबै निर्वाचित हुनुपर्छ । यदपी अझै पनि केही राजनीति दलका पदाधिकारी निर्वाचित छैनन् । तर, नेकपा एमालेले हामी केन्द्रीय समिति समेत सबै निर्वाचित गरेर ल्याउने गरेका छौँ । तर उहाँले निर्वाचित नगर्ने भन्ने कुराहरु पनि सुनें, यो कति सत्य हो ? मलाई थाहा छैन् । यो सबै क्रियाकलापले पार्टी एकता गर्न सकिन्छ गर्नुपर्छ भनेर हामीले यो एकता प्रयासकोलागि जिम्मेवार दिएका साथीहले जे प्रयत्न गर्नुभएको छ । त्यो प्रयत्नलाई पनि उहाँहरुको हिजोको निर्णयले बाधा हाल्छ । अब एकता प्रयासमा अगाडि बढ्न सक्दैन भन्ने देखियो ।

हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले जुन एमालेको आन्तरिक निर्वाचनसम्बन्धी विधान अगाडि सार्नुभएको छ, त्यसमा तपाइँको विमति कि सहमति ?

सबैभन्दा पहिले त यो बुटवल महाअधिवेसनबाट यो बहुपद प्रथा बनाएर आयौँ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव पहिला महासचिव मात्रै थियो, अहिले अब पार्टी ठुलो पनि भयो अब सामुहिक भावनाको माध्यामबाट जानुपर्छ । यसले धेरै क्षेत्र समेट्नु पनि पर्दछ भन्ने ढंगले हामीले बनाएर आयौं । यो कुराको लागि यस्तो हुनुपर्छ भनेर आवाज उठाउने कुरा गर्ने एक जना मान्छे केपी शर्मा ओली हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली पनि हुनुहुन्छ । हिजो आफुलाई पद प्राप्त नहुँदासम्म हामीलाई यो खालको पनि चाहियो भन्ने थियो । उहाँले नै अगाडि सार्नुभएको थियो कि अब बहुपद प्रथा चाहिन्छ । यो सिस्टम सबैको जिम्मेवारीअनुसार जानुपर्छ भन्ने ढंगले जानुभएको थियो । अब हामीहरु पनि त्यही ढंगले अगाडि बढ्यौँ, तर आज आएर अध्यक्ष कमरेडलाई शक्तिशाली हुनुपर्छ । अरु पद भनेका त अध्यक्षलाई सहयोग गर्ने मात्रै हुन । छेउमा बसेर यस्तो गर्न पाए हुनथ्यौँ भनेर सल्लाह दिने सम्मका मात्रै हुन भन्ने ढंगको जे हुनखोजेको छ । त्यो त जे हुन सक्दै छ युले अध्यक्षलाई एउटा तानासाहाको रुपमा जन्माउन्छ भन्ने मात्रै हो ।

केपी शर्मा ओलीले एमालेमा माधवकुमार नेपाललाई अब ठाउँ छैन भनिसकेपछि तपाईहरु कतिञ्जेलसम्म एमालेमा बसिरहनुहुन्छ त ? तपाईँहरुको रणनीति अब के हुन्छ त ?

त्यो त उहाँ बालुवाटारबाट बालकोट जाँदा खेरिपनि बार्दलीबाट भाषण गर्नुभयो, र माधव नेपाललाई लालगद्दार भन्नुभएको भयो । उहाँलाई बालुवाटारबाट रमाईलो गर्दै त्यहाँ पुर्याउन लिएर जाने युवालाई उहाँले खुशी बनाउनको लागि त्यहाँ बोल्नुभयो । त्यहाँभन्दा पछाडि पनि उहाँले काठमाडौँको पार्टी कमिटीको बैठक बस्दा पनि उहाँले देशद्रोहीसम्मको आरोप लगाउनुभयो । अब हामीले अर्को पट्टी फर्केर हेर्दा २७५ जना प्रतिनिधि भएको नेपालको संसद्मा १७४ जना कम्युनिष्ट पार्टीका मान्छेहरु जितेर बसेका थिएँ त्यहाँ । त्यसरी जितेर बसेको ठाउँमा उहाँले १७४ जनाको सर्मथन हुँदाहँुदै त्यसलाई विघटन गरेर उहाँ के खोज्न गएको ? यसको मतलव त कम्युनिष्ट पार्टीको बहुमतको सरकार छँदै थियो । सरकार त दुई तिहाई बहुमतको नजिक थियो । त्यो पार्टीले जे चाह्यो त्यो गर्न सक्दथ्यो, संविधान संशोधन गर्न पनि अरु पार्टीको सर्मयन लिएर त्यसले गर्न सक्दथ्यो । त्यस्तो अवस्थालाई सिध्याएर उहाँले संसद् विघटन गरेर जानुभयो । यहीँबाट गरेको त्यो अपराध मामुली अपराध होईन त्यो कम्युनिष्ट पार्टीलाई सिध्याउने खालको अपराध हो । एकचोटी फेरी सर्वोच्च अदालतले पूनःस्थापित गरिदियो । हामी पार्टीलाई दुईओटा बनाईदियो । नेकपा बन्दा हामी एमाले र माओवादी मिलेर बनेका थियौँ । दुई पार्टीलाई छुट्यादिईसकेपछि पनि पार्टीको अध्यक्षको नाताले एउटा नाम जुधेको कारणले तिमीहरुको नाम जुध्यो है भनेर छुट्याईदियो । फेरि उनले तुरुन्त माओवादी केन्द्रका अध्यक्षसंग कुरा गरेर यसलाई फेरि एकता गर्न सक्नुपर्दथ्यो । कम्युनिष्ट आन्दोलनमा साँच्चिकै दिलैदेखिको एकता गर्न चाहेका थिए भने त्यो गर्न सकिन्थ्यो । तर, त्यो पनि उहाँले गर्न चाहनुभएन । संसद् विघटन सदर भैसकेपछि पनि फेरि उनले संसद् विघटन गरे । संविधानको उल्लंघन गरे । आँफैले सही गरेको संविधानको पालना गरेनन् । यो खालको स्थिति भैसकेपछि अब उहाँको योजना के हो ? उहाँले अब के गर्न खोज्नुभएको हो भन्ने कुरा लोकले बुझ्नुपर्ने कुरा हो । अहिलेपनि उहाँहरु के कुरा गर्दै हुनुहुन्छ भने कम्युनिष्ट पार्टीको सरकार ढालेर काग्रेसलाई ल्याएको उहाँकै मुखबाट मैले सुनेको छु ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री माधवकुमार नेपालले नै बनाउनुभएको हो भनेर त केपी शर्मा ओली समूह तपाईहरुमाथी आक्रमणको शैलीमा आईरहनुभएको छ नि त ?

उहाँले भनिरहनुभएको छ, प्रगतिशिल सरकारलाई ढालेर दक्षिणपन्थी सरकारलाई ल्याए भनेर भनिरहनुभएको छ ।

तर, अध्यक्ष ओलीले त प्रतिगामी सरकार ल्याए भनेर भनिरहनु भएको छ नि त ?

यो सरकारलाई ल्याउने सिर्जनाकर्ता को हो ? उहाँ आफै हो । यसको सिर्जनाकर्र्ता यो परिस्थिति कसरी बन्यो ? स्वयम आँफै केपी शर्मा ओलीलेसमेत सही गरेर यो संविधानमा संसदको आयु पाँच वर्ष उल्लेख गरेका छौं । हामीले संसद्लाई पूरा कार्यकाल चलाउनुपर्छ । यो, संविधान संविधानसभाबाट बनेको हो । यो छ सय एक जना सबै पक्षको समावेशिता भएको संविधान थियो । त्यो संविधानसभाले बनाएको संविधानलाई सबैभन्दा पहिलो चोटी समाप्त पार्ने काम कसले सुरु गर्यो ? उहाँ स्वयम केपी शर्मा ओलीले सुरु गर्नुभयो । आज यो परिस्थिति सिर्जना गर्ने कम्युनिष्ट पार्टीको सरकारलाई बाहिर निष्कनुपर्ने परिस्थिति बनाउने स्वयम केपी शर्मा ओली हो । यस्तो कलंकको कालो टीका लगाउने भनेकौ केपी शर्मा ओली हो । उनले गाली स्वीकार गर्नुपर्छ अहिले उनले गल्ती स्विकार नगरिकन हाम्रो पार्टी एकता हुने सम्भव छैन । होईन भने नयाँ पार्टी क्रान्तिकारी पार्टी पुनर्गठन गरेर जानुपर्ने स्थिति आाउनसक्छ । केवल नेकपा एमाले हाम्रो प्रिय पार्टी हो । म पनि ४६ बर्ष यो पार्टी निमार्णमा लागिसकेको मान्छे हुँ । र, पटक–पटक सांसद् बनेर जनताको प्रतिनिधित्व गरेको मान्छे हुँ । तर, आज यो पार्टीले सर्वहारा जनताको सेवा गर्दैन् । यो पार्टीले क्रान्ति गर्दैन् । यो पार्टीले राष्ट्रियताको रक्षा गर्दैन । यो पर्टीले यो देशको विकास तथा प्रगति गर्दैन भने यही पार्टीमात्रै भनेर लिएर बन्ने कुरा नहुन सक्छ । यो स्थिति सिर्जनाकर्ता भनेको स्वयम केपी हुन । केपी ओलीलाई वरपर बसेर सपोर्ट गर्ने सुवासचन्द्र नेम्वाङ ईश्वर पोखरेल र विष्णु पौडेलजस्ता मान्छेहरु हुन । यिनिहरुले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने ठाउँमा पुर्याएका छन् । यसको ईतिहाँसमा को हो केपी शर्मा ओली भन्ने कुरा ईतिहाँसले मूल्यांकन गर्छ । उहाँलाई ईतिहाँसका रछ्यानमा फ्याल्ने दिन आउँछन । मलाई त्यस्तो लाग्छ ।

त्यसो भए अब तपाईँहरुले नयाँ दल गठन गर्ने र सरकारमा जाने कुरा कहिले गर्नुहुन्छ त ?

त्यो त परिस्थितिले त्यहाँ पुर्याउदै लियो भने गठन गर्नुपनि पर्ला । तपाईँलाई म बताउँछु हाम्रो पार्टीका साथीहरुले राष्ट्रपति भवनसम्म गएर सही गर्नुभयो । त्यो कसले कसले गर्यो ? अहिले एकता वार्तामा हिडिँरहेका साथीहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाललगायतका सबै साथीहरुले सही गर्नुभयो । यो संसद् विघटन गर्न पाईदैन । प्रधानमन्त्री शेरबहादुरलाई प्रधानमन्त्री बनाएर भएतापनि संसद् बचाउनुपर्छ । शेरबहादुरको मायाले होईन्, संसद् र संविधाको मायाले त्यहाँ सही गर्ने हो । त्यति गर्दा पनि राष्ट्रपतिले संविधान बचाउने कुरामा हेर्नुभएन । उहाँले केपी शर्मा ओलीले जे सिकायो त्यसैको गरेर मध्यराति संसद् विघटन गर्ने काम गर्नुभयो । निमा नै गर्न सकिन्थ्यो होला नि त ? मध्यरातमा किन त्यस्तो गर्नु परेको अझ फेरि सर्वोच्च अदालतमा साथीहरु जानुभयो त्यहाँ गहेर हाम्रै दलका २३ जना साथीहरुले पनि अदालतमा सहि गर्नुभयो । उहाँले सही गरेर आनुभयो र, त्यही सहीलाई गनेर सर्वोच्च अदालतले संसद् पुर्ण स्थापना गरिदियो । र शेरबहादुर देउवालाई नै प्रधानमन्त्री तोक्यो । धारा ७६ को उपधारा ५ अनुसारको सरकार बन्ने स्थिति बनयो । अब शेरबहादुरजीले विश्वासको मत लिनुभयो हामीहरुले आफंैले सर्वोच्च अदालतमा गएर यो संसद् बचाउनुपर्यो भनेर सही गर्ने सर्वोच्च अदालतले त्यही फैसला गर्ने । हामीले शरेबहादुरजीलाई भोट दियौँ अहिले हाम्रो पनि भोटका कारण यो संसद् बचेको छ । यसमा केपी ओलीले मेरो प्रधानमन्त्री पद खाईदियो भनेर रुदै बोलेर हुन्छ । १७४ सिट भएको संसद् कसले विघटन गरेको ? हामीले गरेको हो र ?

मलाई सडकमा पुर्याउने माधव नेपाल हो, अब उहाँलाई एमालेमा ठाँउ छैन भनेर त केपी ओलीले भनिसक्नुभयो नि ?

हो, माधवकुमार नेपाललाई यहाँ पुर्याउने काम कस्ले गरेको ? यो कुरा पहिला हेर्नुपर्छ । माधव नेपाललाई यो काम गर्ने ठाउँमा उहाँले नै पुर्याएको हो । १५ सिट भएको महन्थ ठाकुरको पार्टीलाई ११ वटा मन्त्री दिएको होईन उहाँले ? स्वयम केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कालमा नेपालमा भारतले नाकाबन्दी लगाएको थियो, त्यो बेलामा रक्सौलबाट नेपालमा ढुङ्गा हान्ने राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने उहाँ नै होईन ? नेपालमा दुई ओटा मात्रै राज्य बनाउनुपर्छ मधेश एउटा राज्य र पहाड, हिमाल एउटा राज्य भनेर प्रस्ताव राख्नेहरुलाई अँगालो हाल्ने, अनि माधव नेपाल टाढाको शत्रु हो । त्यसो भएको हुनाले जायज कुरा राख्नुभयो माधवकुमार नेपालले त्यही आधारमा आज माधवकुमार नेपाल राष्ट्रिय हिरो हुनुभएको छ । यो देशको लागि उहाँ गद्दार होईन उहाँ हिरो हुनुभएको छ । उहाँले संविधान बचाउनुभयो । संसद् बचाउनुभयो । संसद्को पूरा अवधि अब यो सरकार चल्नेभयो । त्यसोभएको हुनाले आज यो केपी ओलीको छट्पट्टी हो । हामी यो कम्युनिष्ट आन्दोलनलाई कुनैपनि हालतमा बचाउँछौँ र पुनर्गठन गरेर भएपनि जान्छौँ । परिस्थिति विस्तारै आउँदैछ । हामीलाई अहिले कुनै हतार छैन् ।

तपाईँहरु सरकारमा कहिले जाने त? प्रधानमन्त्री शेरबहादुर देउबाले त छिटो सरकारमा आउनुहोस भनेर आग्रह गर्नुभएको छ नि ?

सरकारमा जानको लागि केही छैन, हाम्रो बाटो क्लियर होस न, अनि सरकारमा त गईहालिन्छ नि ।

 



प्रतिक्रिया दिनुहोस्